धनगढी,१६ असोज । कैलालीमा भिरबाट खसेर एक बालक घाइते भएका छन् । मोहन्याल गाउँपालिका–४ शान्ति टोलका १५ वर्षीय महेश भट्टराई सुम्रेखाले भिरबाट खसेर गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।
उनी बाख्रा चराउन गएका बेला भिरबाट खसेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले बताए । उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।