धनगढी, १६ असोज / धनगढी नगरपालिका भित्र रहेका सुख्खा बन्दरगाह र लोड अनलोड श्रमिकहरुको कार्य समिति गठन भएको छ । नेपाल यातायात मजदुर संघको अगुवाईमा नेपाल सुख्खा बन्दरगाह र लोड अनलोड श्रमिक संघ नाम दिएर धनगढी नगरपालिका भित्रका श्रमिकहरुको उपस्थितिमा कार्य समिति चयन गरिएको हो ।
आफ्नो हक हितको लागि आफै लड्न र आफ्नो माग सरकार सँग वा सम्बन्धित निकायमा राख्न समुह आवश्यक नै भएकाले कार्य समिति चयन गरेको श्रमिकहरुको भनाई रहेको थियो। शंकर चौधरीको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरिएको र साथै ४ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ।

उक्त कार्यक्रममा सुख्खा बन्दरगाह र लोड अनलोड श्रमिक संघका केन्द्रिय सदस्य बिक्रम स्वारले श्रमिकहरुले गरेको कामको उचित मूल्यांकन हुनुपर्छ, स्वास्थ्य बिमा र बेला बेलामा स्वास्थ्य शिविरको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।
यस्तै नेपाल यातायात मजदुर संघ कैलाली जिल्ला सचिव राजेन्द्र भट्टले श्रमिकले आफ्नो लागि आफै लड्नु पर्ने र नेपाल यातायात मजदुर संघ पनि सारथी बन्दै जाने कुरामा विश्वस्त गराए ।
मजदुरहरुको एकता भए मात्रै मजदुरको हक हितको लागि काम गर्न सकिने साथै भने , यो नेपाल सुख्खा बन्दरगाह र लोड अनलोड श्रमिक संघले सक्रिय भएर लाग्नु पर्नेमा नेपाल यातायात मजदुर संघ कैलाली अध्यक्ष जंग बहादुर श्रीमालको भनाई रहेको थियो।
उक्त सुख्खा बन्दरगाह र लोड अनलोड श्रमिक संघको कार्य समिति गठन कार्यक्रममा विभिन्न यातायात प्रा.ली. पदाधिकारी , महिला मजदुर संघका प्रतिनिधि र लोड अनलोड श्रमिकहरु लगातका थुप्रैको उपस्थिति रहेको थियो।