धनगढी,१५ असोज । प्रहरीले कैलाली कञ्चनपुरबाट एकैदिन ७ लाख बढीको अवैध सामान बरामद गरेको छ । सोमबार कैलालीका गोदावरी, धनगढी, टीकापुर र कञ्चनपुरका भीमदत्त नगरपालिका दोधरा चाँदनी र पुनर्वासबाट अवैध सामान बरामद गरिएको हो ।
सोमबार टीकापुर नगरपालिका – ७ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका २ लाख ७२ हजार बराबरको अबैध पटाका सहित टीकापुर नगरपालिका – ९ का २८ वर्षीय दिपक धामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट से ३ प ४३६९ नम्वरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबिच धनगढी उपमहानगरपालिका – ३ ट्राफिक चौहारा, धनगढी उपमहानगरपालिका – ९ भैंसीघाट, गोदावरी नगरपालिका – ४ हनुमान मन्दिर नजिक र टीकापुर नगरपालिका –५ संकरपुर पेट्रोल पम्प नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका अन्दाजी १ लाख १९ हजार ७१० रुपैयाँ बराबरको चिनी, मिठाई, सट, साडी, सुटपिस, लेहेङ्गा, ग्याँस, प्रेसर कुकर, प्लाष्टिक झिल्ली, माछा लगायतका सामानहरु बेबारिसे अवस्थामा बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका – ४ गल्ली नम्बर १, भीमदत्त नगरपालिका – ९ कुम्डाणी, भीमदत्त नगरपालिका – ११ भुजेला, भीमदत्त नगरपालिका – १७ बासखेडा, दोधारा चाँदनी नगरपालिका – ८ सुन्दरनगर र पुनर्वास नगरपालिका –४ गुम्बाडाँडाबाट ३ लाख ९४ हजार ८१४ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
जसअन्तरगत चिनी, दाल, पेय पदार्थ, मोबिल, हेडसेट, साडी, टेन्टको कपडा,धाराको टुटी, हार्डवेयर, कस्मेटिक, किराना लगायतका सामानहरु रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उक्त सामान पनि प्रहरीले वेवारिसे अवस्थामा फेला पारेको जनाएको छ ।