धनगढी,१५ असोज । कञ्चनपुरबाट लागू औषध सहित २ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका र वेदकोटबाट २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका – ३ भासीबाट भारतको लखिमपुर पलिया का २८ वर्षीय बलराम सिहलाई संका लागी चेकजाँच गर्दा उनको साथबाट १।८२ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको थियो । उनको साथबाट नगद ८ हजार १ सय र मोबइल पनि बरमद गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त टोलीले बेदकोट नगरपालिका – ५ पोलखरीबाट २७ वर्षीय सुरेश नेपाली पनि पक्राउ गरेको छ । उनको साथबाट ९ एम्फुल रेक्सोजोसिस र ९ एम्फुल फेनारगन लागू औषध बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।