धनगढी,१४ असोज । कञ्चनपुरबाट मध्यरातमा ६ जुवाडे पक्राउ परेका छन् । गयराती १२ बजे दोधरा चाँदनी नगरपालिका – ६ संगम टोल स्थित धने गुरुङको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा ६जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा दोधरा चाँदनी नगरपालिका – ४ का ४९ वर्षीय मोहन बहादुर सिंह ६जना रहेका छन् ।
अन्यको नाम भने प्रहरीले खुलाएको छैन । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट २२ हजार १३० रुपैयाँ, २ वटा मोबाइल र १ गड्डी तास बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।