• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दशैँका लागी सुदूरपश्चिममा ११ हजार प्रहरी परिचालन

धनगढी,१४ असोज । दशैँ–तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशमा ११ हजार जना प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले चाडपर्व मध्यनजर गरि बनाइएको सुरक्षा योजनाअनुसार प्रदेशभर सामान्य समयको भन्दा चार हजार जना थप प्रहरी परिचालन गरिने भएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० रविन्द्र केसीले चाडपर्वका बेला हुनसक्ने सुरक्षा चुनौतीको मसिनो विश्लेषण गरेर सोहीअनुसार थप प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए । डीआईजी केसीले सामान्य समयमा प्रदेशभर सात हजार प्रहरी कर्मचारी परिचालन हुने गरेको बताए ।

तर कार्यालयभित्रको काममा खटिने, प्रदेश सशस्त्र प्रहरी गण, संघीय प्रहरी कार्यालय लगायतका कार्यालयका प्रहरीलाई समेत गरि थप चार हजार जनालाई फिल्डमा खटाउने गरि योजना बनाइएको उनले बताए । ‘हामीले प्रदेशको सुरक्षा चुनौती राम्रोसँग विश्लेषण गरेका छौँ ।

त्यो चुनौती सामना गर्नेगरि प्रहरी जनशक्ति परिचालनको योजना पनि बनाइएको छ,’ डीआईजी केसीले भने, ‘नियमित समयमा परिचालन हुने भन्दा चार हजार जना थप प्रहरी परिचालन गरेका छौँ ।’ प्रदेश प्रहरी कार्यालयले विगतमा चाडपर्वमा कुन ठाउँमा के–कस्ता अपराधिक गतिविधि भए भन्ने कुराको पनि विश्लेषण गर्दै यो वर्ष पुनः त्यस्ता क्रियाकलाप हुन नदिनेगरि योजना बनाइएको जनाएको छ ।

चाडपर्वका बेला सीमा नाकामा हुने चोरी, तस्करी, ठगी तथा लुटपाट जस्ता घटना हुन नदिने सीमा क्षेत्रमा छुट्टै प्रहरी टोली परिचालन गरिनेछ भने सवारी दीुर्घटना न्यूनीकरणका लागि चेकिङ्क बढाउने, जनचेतनामुलक सन्देश प्रवाह गरिनेछ ।

‘चाडपर्वका बेला ठूलो संख्यामा भारतबाट फर्किने नेपाली दाजुभाइ दिदीबहिनी ठगिने, लुटिने, सिमा नाकामा हैरानी पाउने गुनासो सुनिने गरेको छ,’ डीआईजी केसीले भने, ‘नाकामा नेपालीहरुले सास्ती भोग्न नपरोस् भनेर निगरानी बढाइनेछ ।’ उनकाअनुसार प्रत्येक जिल्लामा प्रहरी प्रमुखको नेतृत्वमा चाडपर्व लक्षित सुरक्षा योजना लागु हुनेछ ।

सबै जिल्लामा पिकेट, पैदल गस्ती, मोबाइल गस्ती, नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त चेकजाँच गर्ने कार्यलाई समेत निरन्तर सञ्चालन गरिने उनले जानकारी दिए । डीआईजी केसीले प्रदेशभर जिल्लासहित ९९ कमाण्ड पोष्ट रहेको बताए । यस्तै, २०६ जनाको रिजर्व टोली, १६० जना स्ट्राइकिङ्क टोली, पाँच सय ५३ जनाको पिकेट पाँच सय ९९ जनाको पैदल गस्ती, दुई सय ५० जनाको मोबाइल गस्ती, दुई सय ६५ जना सीमा नाका र सादा पोशाकका प्रहरी सुरक्षामा खटिने उनले बताए ।

जुवातास नियन्त्रणका लागि दुई सय ५० जनाको छुट्टै टोली बनाइएको छ भने राजमार्ग क्षेत्रमा स्कटिङ्क र तत्काल परिचान हुनेगरि थप दुई सय ५० जनाको छुट्टै टोली समेत बनाइएको छ । प्रदेशभर शान्ति, सुव्यवस्था चुस्त, दुरुस्त पारेर आम नागरिकलाई ढुक्कसँग चाडपर्व मनाउने वातावरण बनाउने प्रयासमा आ–आफ्नो पक्षबाट सहयोग गर्न समेत प्रदेश प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

समस्या परेको अवस्थामा जुनसुकै बेला जिल्लादेखि प्रहरी चौकीसम्ममै प्रहरी परिचालन हुने व्यवस्था मिलाइएको प्रहरी प्रहरी कार्यालयले जनाएको छ । ‘यो वर्षको दशैँतिहारमा कुनै पनि घटना नहोस् भन्ने हेतुले हामीले सुरक्षा व्यवस्था मजबुत बनाएका छौँ,’ डीआईजी केसीले भने, ‘प्रदेशबासीलाई ढुक्कसँग यो चाडपर्व उल्लासमय बनाउनुहोस्, आफन्त र आफनाहरुसँग खुसी साट्नुहोस् भन्न चाहान्छु । कुनै समस्या परे तत्काल प्रहरीलाई खबर गर्नुहोस् जिल्लादेखि चौकीसम्म जुनसुकै समयमा रेस्पोन्स हुन्छ ।’ प्रहरीले चाडपर्वका बेला जनचेतना अभिबृद्धि, कानुनी कारवाही सशक्त बनाउने नीति समेत लिएको छ ।

 

सोमबार, असोज १४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.