• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दुनाटपरीले फेरिएको दैनिकी

धनगढी,१२ असोज । घरायसी कामकाजमै व्यस्त रहने पञ्चदेवल विनायक नगरपालिका–४, कालिकास्थानकी गोपा शाहीको दैनिकी अचेल फरक हुन थालेको छ । उहाँ भन्नुहुन्छ, “अहिले घरनजिकैको उद्योगमा गएर दुनाटपरीबाट पैसा कमाउन थालेकी छु ।”

“अहिले दिनभर घरनजिकै रहेको दुनाटपरी उद्योगमा दुनाटपरी बनाउनमै बितिरहेको छ,” उहाँले भन्नुभयो, “अहिले हरेक दिन बिहान खाना खाएर दोबाटा टोलमा रहेको उद्योगमा करिब सात घण्टा काम गर्छ‘ ।” गोपा मात्र हैन, कालिकास्थानका अन्य १२ जना महिला पनि अचेल दुनाटपरी बनाउन व्यस्त छन् । अछाममा स्रोह्रश्राद्धमा सालका दुनाटपरी बढी खपत हुने भएकाले यहाँका महिलाको व्यस्तता अहिले बढेको छ ।

गाउँमै दुनाटपरी पाइने भएपछि स्थानीयलाई सालका पात खोज्न जङ्गल जानुपर्ने झन्झट पनि अन्त्य भएको छ । गाउँमै दुनाटपरी बनाउने काम पाएपछि महिलाको आयआर्जनसमेत बढेको छ । कालिकास्थानका १२ जना महिलाको संयुक्त साझेदारीका दुनाटपरी उद्योग खोलिएको छ । पञ्चदेवल दुनाटपरी उद्योग भनेर महिलाले दुनाटपरी उद्योग दर्ता गरेका हुन् ।

उद्योग सञ्चालक समितिको अध्यक्ष गोपा नै हुनुहुन्छ । १२ जना महिलामध्ये कसैले जङ्गलबाट सालको पात ल्याउने काम गर्छन् भने कसैले उद्योगमै बसेर पात बुन्ने काम गर्छन् । उद्योग सञ्चालक गोपालगायतका केही भने दुनाटपरी बनाउने मेसिन चलाउनुहुन्छ । उद्योगमा आबद्ध महिलाले दुनाटपरी बनाउने तालिम लिएका छन् । उनीहरूका लागि पञ्चदेवल विनायक नगरपालिका अछामले मेसिन खरिदमा अनुदान दिएको छ ।

स्थानीय गैरसरकारी संस्था वाक नेपालको पावर परियोजनाले उनीहरूलाई तालिम दिएको हो । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय अछामले पनि उनीहरूलाई सहयोग गरेको छ । महिलाद्वारा बनाइएका दुनाटपरी अहिले पञ्चदेवल विनायक नगरपालिकामा बिक्री हुने गरेको छ । उनीहरूले बनाएका दुनाटपरी स्थानीय बजारबाट बिक्रीवितरण भइरहेका छन्  । कतिपय ग्राहकले उद्योगमै पुगेर किन्ने गरेका छन् ।

सालको पात टिप्न जाने बनाउने, झन्झटले आफूहरूले उद्योगमै बनेका दुनाटपरी किन्ने गरेको वडा नम्बर ७ का रमेश रावलले बताउनुभयो । उहाँका अनुसार उद्योगबाट दुनाटपरी किन्दा समय बचत भई आर्थिक भारसमेत कम भएको छ ।

उद्योग सञ्चालक शाहीका अनुसार एउटा टपरीको पाँच रुपियाँ र एउटा दुनाको दुई रुपियाँ ५० पैसा मूल्य तोकिएको छ । असारबाट सञ्चालनमा आएको उद्योगबाट अहिलेसम्म एक हजारभन्दा बढी दुनाटपरी उत्पादन भएका छन् ।

आगामी दिनमा अधिकतम उत्पादन गर्ने योजना बनाएका सञ्चालकहरू उत्पादन भएको सामाग्री सुर्खेत, नेपालगन्जलगायतका सहरमा निर्यात गर्ने बताउँछन् ।

शनिबार, असोज १२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.