धनगढी, १२ असोज / कैलालीमा झुन्डिएको अवस्थामा भेटिएका एक बालकको मृत्यु भएको छ ।
शुक्रबार राति करीब ९ बजेको समयमा जोशीपुर गाउँपालिका–३ रामनगर बस्ने १२ वर्षीया अमृत डगौरा दुई कोठे कच्ची घरमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
डगौरालाई उनकी आमाले देखेपछि तत्काल स्थानीय स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र बोहोराले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
