बाजुरा ११ असोज । राष्ट्रपति रामचन्द्र पौडेल असोज २१ गते बाजुरा आउनु भएको छन् । बाजुराको धार्मिक तथा पर्यटकीय स्थल जगतजननी बडिमालिका माताको दर्शन सहित माता नाटेश्वरी मन्दिरको समुद्घाटन गर्नको लागी राष्ट्रपति पौडेल बाजुरा आउन लागेका हुन् ।
बाजुराको धार्मिक स्थल बडिमालिकाको दर्शनसँगै त्रिवेणी नगरपालिका ७ मा निर्माण गरिएको नाटेश्वरि मन्दिरको उद्घाटन गर्नको लागी राष्ट्रपति पौडेल बाजुरा आउन लागेका त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा बताएका छन्। साथै राष्ट्रपति पौडेलसँगै गृह मन्त्री रमेश लेखकलाई समेत निम्तो गरिएको उनले बताएका छन् ।
मन्दिर उद्घाटन कार्यक्रममा गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे,सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मिया, मुख्य मन्त्री कमल बहादुर शाह,लगायतको उपस्थित रहने भएको छ ।
बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बडिमालिकासंग जोडिएको नाटेश्वरी मन्दिरको निर्माणका लागी नेपाल सरकार र त्रिवेणी नगरपालिकाको साझेदारीमा कुल ६ करोड ३७ लाखमा खर्च भएको छ । ।मन्दिरको उद्घाटनमा सम्पूर्णको उपस्थितको लागी अनुरोध गरिएको छ ।