• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

स्याउबाट एक करोड आम्दानी

धनगढी,११ असोज । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले यो वर्ष स्याउ बिक्री गरेर एक करोडभन्दा बढी रुपियाँ आम्दानी गरेका छन् । स्वामीकार्तिक खापर गाउँपालिकामा रहेका दुई हजार चार सय घरपरिवारमध्ये एक हजार आठ सय घरपरिवारले यो वर्ष स्याउ बिक्री गरेर गाउँमै एक करोडभन्दा बढी आम्दानी गरेका हुन् ।

गत वर्षभन्दा यो वर्ष स्याउ समयमै बिक्री भएपछि घरमै राम्रो कमाइ भएको स्वामीकार्तिक खापर गाउँपालिकाका किसान उत्तम शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष स्याउ आफैँले बजारमा लिएर बिक्री गर्नु परेको थियो । यो वर्ष भने व्यापारी बारीमै आएर सबै स्याउ उठाएपछि घरमै राम्रो कमाइ भएको हो ।” यो वर्ष बारीमा उत्पादन भएको झन्डै ८० प्रतिशत स्याउ बिक्री भइसक्यो । अब २० प्रतिशत स्याउ बाँकी छ, त्यो स्याउ सेलार स्टोरमा जम्मा गरेका छौँ, यो स्याउ पनि केही दिनपछि सबै बिक्री हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

गाउँमा स्याउ हुने गरेको भए पनि त्यसले समयमै बजार नपाउँदा स्थानीयले गाईगोरुलाई खुवाउने गर्दथे । पछिल्लो समय यहाँ उत्पादन गरेको स्याउ गाउँपालिकाले देशका विभिन्न ठाउँमा बजारीकरणका लागि पहल गर्दै आएपछि यहाँका किसानले उत्पादन गरेको अर्गानिक स्याउ समयमै बजारमा बिक्री हुन थालेको हो ।

केही दिनपहिला कोल्टी–मार्तडी सडक सञ्चालन होला भनेर बारीमै राखिएको अर्गानिक स्याउ सडक सञ्चालन नभएपछि ठेकेदारले कर्णाली कोरिडोरको बाटो हुँदै जिल्लाभन्दा बाहिरका विभिन्न बजारमा लिएका हुन् ।गत वर्ष बाजुरामा उत्पादन गरिएको स्याउ अछाम, डोटी, डडेलधुरा, कैलाली हुँदै काठमाडौँमा लगिएको थियो । यस वर्ष मार्तडी–कोल्टी सडक लामो समयदेखि अवरुद्ध भएकाले कर्णाली कोरिडोरबाट कैलाली, नेपालगन्ज र काठमाडौँ लगिएको छ । यहाँ स्थानीय डेलिसिएस, रोयल, रेड डेलिसियस, गोल्डेन, गाला, फुजीलगायतका स्याउ उत्पादन हुने गरेको छ ।

स्वामीकार्तिकमा उत्पादन भएको झन्डै ८० प्रतिशत स्याउ बिक्री भएको छ । स्याउ बिक्रीबाट यहाँका किसानले झन्डै ८० लाख रुपियाँ आम्दानी गरेको र अझै २५ लाखभन्दा बढीको स्याउ सेलार स्टोरमा जम्मा गरेको कृषि शाखा प्रमुख विनोद शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “२५ टन स्याउ बारीबाट टिपेर सेलार स्टोरमा राखिएको छ । केही दिनपछि यो स्याउ पनि बिक्रीका लागि देशका विभिन्न सहरमा लाने योजना रहेको छ ।”

गत वर्ष स्याउबाट घाटा बेहोर्दै आएका यहाँका किसानले अहिले एक करोडभन्दा बढी रुपियाँ घरको दैलामै बुझेको कृषि शाखा प्रमुख विनोद शाहीले बताउनुभयो । कृषिविज्ञलाई यहाँ बोलाएर माटो परीक्षण गर्दा स्याउ खेतीका लागि यहाँको माटो निकै उपयुक्त छ भनेपछि अहिले यहाँका किसानलाई थप स्याउ खेतीमा लाग्न उत्प्रेरित गर्दै आएको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताउनुभयो ।

शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.