धनगढी, ८ असोज – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा नयाँ इञ्चार्ज तोकेको छ। पार्टीको बैठक असोज ६ गते सम्पन्न भएको थियो, जसमा विभिन्न जिल्लामा पार्टीका ९ जना नेताहरुलाई नयाँ जिम्मेवारी प्रदान गरिएको छ।
टेकन्द्र भटट् कञ्चनपुर इञ्चार्ज, नेप बहादुर चौधरी कैलाली इञ्चार्ज, कुन्ती जोशी डडेल्लधुरा इञ्चार्ज, त्रिलोचन भटट् डोटी इञ्चार्ज, नरेन्द्र कुँवर बैतडी इञ्चार्ज, लक्ष्मण दत्त जोशी दार्चुला इञ्चार्ज, मिन बहादुर कुँवर बझाङ इञ्चार्ज, कर्ण बहादुर विश्वकर्मा बाजुरा इञ्चार्ज र शरदसिंह भण्डारी अछाम इञ्चार्जको जिम्मेवारी तोकिएको छ ।
