धनगढी, ७ असोज । धनगढी उपमहानगरपालिकाले बिरेन्द्र ऐश्वर्य उद्यान मासेर सपिङ्ग ब्लक निर्माण गर्न थालेको भन्दै नागरिक समाज धनगढीले बिरोध जनाएको छ ।
उपमहानगरपालिकाले धनगढी उपमहानगरपालिका वडा नं १ मा रहेको बिरेन्द्र ऐश्वर्य उद्यानको एकापट्टीको भाग मासेर सपिंग भवन निर्माण गर्न थालेको छ । भवनको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गत मंगलबार सिलन्यास गरेको छ । सहरी विकास तथा भवन निर्माण बिभाग, संघीय आयोजना कार्यान्वयन इकाईको सघन सहरी कार्यक्रम अन्तरगत यहाँ सपिङ्ग ब्लक निर्माण हुन गैरहेको छ ।
शहरको बिचमा रहेको एक मात्रै पार्कलाई नासेर ब्यापारीक भवन निर्माण गरिने कुरा गलत भएको बताएको छ । शोमबार पार्कको अगाडी एक घण्टा उभिएर संकेतिक बिरोध गरिएको नागरिक समाजका अगुवा गडसेरी माईलाले बताउनु भयो । मंगलबार बेलुकी ५ बजे पुनः पार्क अगाडीको चौतारीमा नागरिक समाजको भेला हुने प्राध्यापक प्रेमराज भण्डारीले बताउनु भयो ।
पार्क मासेर सपिङ्ग ब्लक निर्माणको बिषयमा सामाजिक सञ्जालमा लेखिएका पोष्टहरु पढौं ।

