धनगढी,७ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको एक क्याम्पसलाई आवश्यक कागजपत्र पेश गर्न लगाएको छ । मालिकार्जुन गाँउपालिका ८ दार्चुलाको शंकरपुर क्यापसलाई अख्तियारले पत्र काटेर आवश्यक कागजपत्र पेश गर्नका लागि निर्देशन दिएको हो ।
३० साउन ०८१ मा अख्तियारले क्याम्पसलाई उजुरी दर्ता भएको आधारमा १५दिनभित्र आवश्यक कागजपत्र पेश गर्नका लागि पत्राचार गरेको जनाएको छ । क्याम्पस प्रमुखले रकम हिनामिनादेखि क्याम्पसमा भएको अनियमितता भएको विषयमा ७ बुदे निर्देशन जारी गरेको छ ।