बैतडी, ६ असोज / बैतडीको सिगास गाउँपलिका वडा नं ८ शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
भुकम्पले पुर्याएको क्षतिको विवरण पुगेको छैन । यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।