धनगढी,५ असोज । सुदूरपश्चिम प्रदेश सभाको बैठक साँझ साढे ५ बजे सम्मका लागि स्थगित भएको छ । सुदूरपश्चिम सरकारले भाद्र ३१ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न शनिबार दिउँसो बोलाइएको बैठकमा सबै पार्टीका सांसदहरुले धारणा राखेपछि साँझ सम्मका लागि स्थगित गरिएको हो ।
सांसदहरुले धारणा राखेपछि आजै बजेट पास गर्ने तयारी गरिएको छ । बजेट माथिको छलफलमा आफ्नो धारणा राख्ने सांसदहरुले भने बजेटको चर्को विरोध गरेका छन । सत्ता र प्रतिपक्ष सबै सांसदहरुले बजेटको विरोध गरेका थिए ।