• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अस्थिरता रोक्न दुई ठुला दल मिलेर बनेको सरकार कुनै कारण नढल्ने : काग्रेंसका प्रवक्ता महत

धनगढी, ४ असोज /   नेपाली काग्रेंसका प्रवक्ता प्रकाश सरण महतले राष्टिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने आफ्नो पक्षमा भिड जमा गर्न बिभिन्न पर्पोगण्डा अपनाइरहेको टिप्पणी गरेका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले बिभिन्न प्रपोगण्डा गरेरे कालोलाई सेतो बनाउन लामिछाने लागिरहेको बताएका हुन् । यसरी सहकारी ठगी पुस्टी हुने खालको प्रतिवेदन आइसक्दा शिर निहुरिनुपर्नेमा झन क्लिन चिट पाए भनेर हिन्नु गलत रहेको महतको तर्क छ । सहकारी उच्च स्तरिय छानबिन समितिले गोरखा मिडियाको सम्पुर्ण खर्च सहकारीको पैँसाले चलेको प्रतिवेदन सार्वजनिक गरिसक्दा समेत क्लिन चिट पाए भन्नु मुर्खता रहेको उनले बताए ।

रबि लामिछाने सहित ४ जनाकै सिफारिशमा सहकारीको रकम गोरखा मिडियामा आएको प्रस्ट भएर समितिले उनि सहित ४ जनालाई कार्वाहीका लागी सिफारिश गरिसकेको उनले बताए । सहकारीको रकम लिएर प्रबन्ध निर्देशकले पैँसा कहाँबाट आयो थाहा छैन भन्नु गलत रहेको तर्क गर्दै चर्को भाषणले आफुलाई चोख्याउन खोजेर नचोखिने उनको तर्क थियो । यसमा सहकारी ऐन र सगंठित अपराध सहित ४ वटा मुद्धा आकर्षित हुने भन्दै प्रतिवेदनमाथी सरकारले आवश्यक अनुसन्धान सहित कार्वाही प्रक्रिया अगाडी बढाउने महतले बताए । प्रतिवेदनले लामिछाने दोशी रहेको बताइसक्दा उनिहरुले जनतालाई भ्रमित पारेर दिउँसै रात पार्न खोजेको उनले बताए ।

प्रवक्ता महतले सरकार बन्यो की अब ढल्छ भन्ने सधैँको हल्ला अहिलेपनि चलेको बताए । देशमा देखिएको अस्थिरता रोक्न दुई ठुला दल मिलेर बनेको सरकार कुनै कारण नढल्ने दावी गर्दै उनले बर्तमान समिकरणबाटै शेर बहादुर देउवा करिब दुई बर्ष पछि प्रधानमन्त्री बन्ने बताए । न्युनतम साझा कार्यक्रम समेत आपसी समझदारीबाट आएको बताउँदै उनले यो समिकरण निरन्तरताको बिकल्प नरहेको बताए । प्रवक्ता महतले गेटा मेडिकल कलेजको अवधारणालाई यहाँकै जनताले बिश्वबिद्यालय माग गरेपछि ढिलाई भएको बताए । गेटामा मेडिकल कलेज बनाउने गरी काम अगाडी बढ्दा बिश्वबिद्यालय बनाउन दवाव आएपछि सोही अनुसार नयाँ प्रक्रिया शुरु भएको बताउँदै उनले नयाँ प्रक्रिया शुरु गर्दा स्वभासवक ढिलाई हुने दावी गरे ।

शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.