धनगढी,४ असोज । सन नेपाल लाईफ इन्योरेन्स कम्पनि लिमिटेड उपशाखा अत्तरियाले महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाले ७औ वार्षिकोत्सवको अवसरमा सेभ हाउसलाई खाद्यान्न सहयोग गरेको हो ।
शुक्रबार सेभ हाउसलाई दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामग्री सहयोग गरेको उपशाखा प्रमुख लक्ष्मण चौधरीले बताए । उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत उक्त कार्य गरिएको बताए ।
संस्थाले ‘समुदाय सँग सँगै कदम उठाउदै’ नारा सहित सेभ हाउसमा सहयोग गरेर वार्षिकोत्सव मनाएको हो ।
