धनगढी,४ असोज । कञ्चनपुरमा डडेल्धुराका एक पुरुष मृत फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका(७ घर भई हाल कञ्चनपुरको वेदकोट नगरपालिका(३ बस्दै आएका ४१ वर्षीय जोगी महरा बिहीबार मृत फेला परेका हुन् ।
उनी वेदकोट(३ भम्कास्थित भित्रि सडकखण्डमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
