धनगढी,२ असोज । कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । मंगलबार घोडाघोडी नगरपालिका(१ बाट सोही ठाउँ बस्ने २७ वर्षका सुमन बोहरा पक्राउ परेका हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले ५० मिलिग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले उनीकाथि थप अनुसन्धान भइरहेको बताएको छ ।
