धनगढी,१ असोज । कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ । प्रहरीका अनुसार हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका(४ का २३ वर्षीय दीपक विकको सोमबार मृत्यु भएको हो ।
दिउँसो शौचालयमा लडेको अवस्थामा भेटिएका विकलाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।