धनगढी , १ असोज / यतायात व्यवसायीहरुको लागि एकिन मापदण्ड नबन्दा सुदूरपश्चिमको पहाडी जिल्लामा बस व्यवसाय सञ्चालन गरी रहेका यातायात व्यवसायी अब प्रशासन विरुद्ध नै धर्ना गर्ने तयारीमा छन । १ महिना सम्म यातायात कार्यालयले सेवा आफैँले बन्द गरेर अब व्यवसायीलाई जरिमाना लगाएर दुख दिई रहेको प्रति गम्भिर ध्यानाकर्षण भएको सुदूरपश्चिम यातायात प्रा.लि. का अध्यक्ष पदमराज साफकोटाले जाकारी दिएका छन् ।
मापदण्ड विपरीत चलेका इलेक्ट्रोनिक भ्यानले लामो दुरीमा सवारीहरुलाई ओसार पोसार गरेर आफूहरुको बस व्यवसायलाई ठुलो समस्यामा पारेको प्रति पटक–पटक प्रशासनमा ज्ञापनपत्र बुझाए पनि कुनै प्रतिक्रिया नदिएको र मौन बसेर झन रातो पिलेटका सवारी धनीलाई नै सपोट गरेकोमा आफुहरुको आपत्ति रहेको सुुदूरपश्चिम यातायात प्रा.लि.का कोषाध्यक्ष गोबिन्द बहादुर शाहले जानकारी दिए । “सरकारको प्रशासन न आफु नियन्त्रण गर्छ, हामीहरुले अवैधरुपमा यात्रु बोक्ने रातो पिलेटका सवारीलाई कार्वाही गर्दा समेत उल्टै ठुला यातायात व्यवसायीलाई प्रशासनको निर्देशनमा थुनछेक गरिरहेको प्रति गम्भिर आपत्ति रहेको छ । यसरी आफुहरुको माग सम्बोधन नगरे यो दशैँको बेलामा यातायात ठप्प गर्ने उनी भन्छन् । ”
एक महिना भरी यतायात कार्यालयमा सेवा बन्द गरियो , त्यो समयमा सबै सवारीहरुका सबै काम रोकिएर ढिलो भएको भएता पनि आजभोली सेवा लिन जाँदा साविकको दर भन्दा दोब्बर , तेब्बर रकम यतायातमा बुझाउनु परेको अछाम बाजुरा संयुक्त गठबन्धन व्यवसायीका संयोजक बिक्रम स्वारले बताए ।
यस्तै सरकारले व्यवसायीहरुको लगानी र सवारीको क्षमताका आधारमा रुट प्रमिट दिनु पर्ने देखिन्छ । साना साना सवारीले लामो दुरीमा यात्रु ओहोर दोहोर गर्दा हामी बस व्यवसायीले कसरी व्यवसाय गर्ने भनि प्रश्न मूलक गुनासो पोखे । साथै भने कालो नम्बर पिलेटका यातायातका साधनहरुले के गर्ने, करोडौँ हालेर ,घर जग्गा धितो राखेर यतायात व्यवसाय गरी रहेका छौँ, सरकारले हाम्रो समस्या प्रति बेखबर भए पछि यसको ठुलो मूल्य चुकाउनु पर्ने भनि संयुक्त गठबन्धनका बस व्यवसायीहरुले चुनौति समेत दिएका छन् ।