धनगढी, २९ भदौ / धनगढीमा रहेको गोठालोको पहिलो शाखाको उद्घाटन भएको छ । धनगढी उपमहानगरपालिका–५, हसनपुरमा रहेको गोठालोले कभर्डहल चोक (पुरानो एयरक्र्याफ्ट म्युजियम रहेको स्थान)मा नयाँ शाखाको सुरुवात गरेको हो ।
केक र नास्ताको संगमका रुपमा सुरुवात गरिएको गोठालोको पहिलो शाखाको उद्घाटन कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले गरेका हुन् । गोठालोको उद्घाटन गर्दै अध्यक्ष कुँवरले गोठालोले देशमै केही गरौँ भन्ने अभियान एकदमै उत्कृष्ट रहेको बताएका छन् ।
उनले गोठालोले चलाएको यो अभियानलाई र गोठालोलाई आफ्नो पनि सधैं सहयोग रहने बताएका छन्। गोठालोले आज उद्घाटनको दिन कोदोको केक पनि सुरुवात गरेको छ ।
पोषणयुक्त बाली कोदो स्वास्थ्यका लागि फाइदाजनक रहेकाले यसको प्रवर्धन गर्न खोजिएको बताइएको छ । नेपालमै पहिलोपटक कोदोको केक सुरु गरेको गोठालोले उद्घाटनको दिन कोदोको केक फ्री मै, अन्य केकहरुमा र कोदोको म:म मा ५०५ छुट उपलब्ध गराउने जनाएको छ।
यस्तै ३० र ३१ गते अन्य सम्पूर्ण केकमा र कोदोको केकमा ५०५ छुट रहेको गोठालोले जनाएको छ । असोज १ देखी १५ गतेसम्म गोठालोले कोदोको मस्मस् मा ३०५ छुट दिने जनाएको छ ।