धनगढी, २९ भदौ / सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँको भूमिकामाथि टीकाटिप्पणी भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकमा सांसदहरूले मियाँको भूमिकामाथि टीकाटिप्पणी गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जनामा प्रदेश प्रमुख मियाँको भूमिका समेत रहेको सांसदहरूले टिप्पणी गरेका हुन् ।
सरकारले ल्याएको सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलन सम्बन्धी अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयकमाथि छलफलको क्रममा प्रदेश सभा सदस्यले आर्थिक संकट आउनुमा प्रदेश प्रमुख पनि जिम्मेवार रहेको उनीहरुले टिप्पणी गरेका हुन् ।
त्यस्तै उनले निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सरकार नेतृत्वको सरकारले ल्याउन लागेको अध्यादेशमाथि खेलबाड भएको समेत दाबी गरे ।
त्यस्तै, नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता तथा पूर्वमन्त्री अक्कल रावलले समयमा अध्यादेश ल्याउन नदिएपछि प्रदेशमा आर्थिक संकट सिर्जना भएको बताए । जसको कारण आमनागरिकले दुःख पाएको उनले उल्लेख गरे ।
उनले ऐन पनि लागु नभएको र अध्यादेश पनि नआएको बिचको ग्यापको अवस्थाले राजश्व संकलन बाधा सिर्जना भएको बताए । साथै उनले राज्यकै कारण आमनागरिकलाई जरिवाना तिराइएकोमा आपत्ति जनाउँदै प्रतिस्थापन ऐनमा फिर्ता गर्नुपर्ने व्यवस्था गरिनुपर्ने माग गरे ।