कैलाली, २८ भदौ / सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुले कैलालीको गेटामा तत्काल एमबीबीएसको पठनपाठन सुरु गर्न माग गरेका छन । प्रदेश सभा सदस्यहरुले तीन सय सैयाको अस्पताल सञ्चालन गरेर एमबीबीएसको पठनपाठन अघि बढाउन माग गरेका हुुन ।
सुदूरपश्चिम प्रदेश सभाको बिहीबार बसेको बैठकको ढ्यापढ्यापे समयमा प्रदेश सभा सदस्य धर्मराज पाठकले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक चाढो पारित गर्न प्रदेश सरकारले दबाव दिनुपर्ने बताए। प्रतिनिधिसभाको विषयगत समितिमा विचाराधिन अवस्थामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विद्येयकलाई चाडो पारित गर्न प्रदेश सरकारले दवाव दिनु पर्ने बताए ।प्रदेश सांसद पाठकले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणका लागि प्रदेश सभाले साझा संकल्पल्याउन प्रस्ताव गरे ।
प्रदेश सभा सदस्य जानकी देवि कुँवरले देशका ६ वटा प्रदेशमा एमबिबिएस पढाई भइरहँदा सुदूरपश्चिम प्रदेशमा मात्र किन सञ्चालन नभएको भन्ने कारण खोज्नु पर्ने बताइन । प्रदेश सभा सदस्यहरुले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्दै चालू आर्थिक वर्षदेखि नै एमबिबिएसको पठनपाठन सुरु गर्न प्रदेश सरकारले पनि पहल गर्न माग गरेका हुन ।
प्रदेश सांसदहरुले गेटा मेडिकल कलेजका नाममा ६ अर्ब बढीको भौतिक संरचना निर्माण भइसक्दा पनि तीन सय सैयाको अस्पताल नबन्नुमा आशंका रहेको बताए। प्रदेश सभा सदस्य कुँवरले शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुन नदिन कतै खेल त भइरहेको छैन भन्ने आशंका उब्जिएको बताए। उनले स्वास्थ्य विज्ञान विश्वविद्यालयको लागि हालसम्म प्रदेश सरकारबाट भएका प्रयास बारे सदनलाई जानकारी दिन माग गरेका छन ।
