धनगढी , २८ भदौ / अखिल क्रान्तिकारी कैलाली बहुमुखी क्याम्पस कमिटीको आयोजनामा आयोजित वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीमा भएको कला र विद्यार्थीमा भएको क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यले अखिल क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष मिलन भाट म्याक्सको सभापतित्वमा र कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोयराज भट्टको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो। महिला हिंसा र यसले समाजमा पार्ने प्रभाव र युवा र राजनीति र समाज रूपान्तरण भन्ने दुईओटा शीर्षक दिएर वकतृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो।
प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत ५५ जना विद्यार्थीको सहभागिता रहेको थियो। सहभागीमध्ये अरुणिका जोशीले प्रथम स्थान हात पारेकी छन् भने पुष्पा बुढाले द्वितीय स्थान हात पारेकी छन्। त्यस्तै तृतीय स्थान भने दिब्या पन्त, प्रबिण चन्द र किरण बुचा मगरले हात पारेको कार्यक्रम संयोजक बिनोेद अधिकारीले बताए ।
उक्त कक्तृत्वकलामा प्रथम हुनेलाई नगद, रु ३ हजार ५ सय , द्वितीय हुनेलाई नगद २ हजार ५ सय , तृतीय हुनेलाई नगद एक एक हजार सहित विजेता सँगै सम्पुर्ण सहभागिलाई प्रमाण पत्र प्रदान गरिएको अखिल क्रान्तिकारी धनगढी नगरका अध्यक्ष पवन सुनारले जानकारी दिए । कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने क्याम्पस पविारलाई धन्यवाद दिन्छु, र अगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा राखेको समेत नगर अध्यक्ष सुनारले बताए ।
कार्यक्रममा निर्णायकको भूमिकामा क्याम्पसका सहप्राध्यापक गणेशराज जोशी उपप्राध्यापक डा मान बहादुर जोरा, र उपप्राध्यापक सिद्दराज पण्डित रहेका थिए । उक्त कार्यक्रमको सञ्चालन शान्तिप्रसाद जोशीले गरेका थिए।