धनगढी, २८ भदौ / कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वाड नं. २ बौनियागाउँबाट लागु औषध ( खैरो हिराईन ) सहित ५ जना पक्राउ परेका छन् । गोप्य सुचानाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिगएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
बर्दगोरिया गाउँपालिका वडा नं. ०२ बौनियागाउँ बस्ने बर्ष–४० को राम बहादुर चौधरीको घरको कोठा खानतलासी गर्दा खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम २१० मिलिग्राम, ४ थान मोबाईल १ थान सादा मोबाईल, डिजिटल तराजु, १ कैची र नगद रु. ७ हजार ५ सय ५० बरामद गरेको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए ।
पक्राउ पर्नेमा बर्दगोरिया गा.पा.२ का बर्ष ४० का राम बहादुर चौधरी, सोही ठाउँ बस्ने बर्ष २९ का राधेश्याम डगौरा, बर्ष २६ का रतिराम चौधरी , बर्ष २४ का ज्ञानेन्द्र बि.क.र लम्कीचुहा नगरपालिका ८ बस्ने बर्ष ३० का जनक बडुवालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सुखडको हिरासत कक्षमा राखि थप अनुसन्धानको कार्य भईरहेको प्रहरी प्रवक्ता बोहराले जानकारी दिएका छन् ।