धनगढी, २५ साउन / आज धनगढीमा रुडुकले गरेको महिलाका लागि आर्थिक सशक्तिकरण सम्बन्धी प्रादेशिक सम्मेलनमा बोल्दै सुदुरपश्चिम सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले युवा र महिलाहरु बेला बेला राजनीतिक भाषणका लागि मात्रै प्रयोग भएका बताइन्। कार्यक्रममा बोल्दै मन्त्री खड्काले “चुनावमा हरेक पार्टी र राजनितिक व्यक्तित्वहरुको मुख्य नारा हुन्छ युवा र महिला शसक्तिकरणको लागि काम गर्ने छौँ, तर समय बित्दै जाँदा यस विषयमा सबै बेखबर रहेका भन्ने बिषयमा जोड दिइन्” ।
पछिल्लो समयमा युवा र महिलाहरूको चौतर्फी विकास गर्न सके मात्रै देशको विकासमा सकारात्मक आयाम थपिन्छ । अब युवा र महिलालाई चुनावी नारा कसैले पनि नबनाउनु पर्ने उनको जोड रहेको छ । महिलाको विकास गर्न पुरुष , पुरुषको विकास गर्न महिला , युवा , बालबालिका , सामाजिक संघ संस्था सबैले मिलेर हातेमालो गरेर अगाडि बढे मात्रै सजिलै सित चौतर्फी विकास गर्न समेत सहज हुुने कुरा राज्यमन्त्री खड्काले बताइन् ।
आफ्नो सामाजिक विकास राज्यमन्त्रालय र आफुले गर्न सक्ने नागरिकका सवालमा कटिबद्ध भएर काम गर्ने र यहाँहरु सबैको सहयोग बेला बेलामा सल्लाहको समेत खाँचो रहेको छ ।