धनगढी, २५ भदौ / धनगढीमा रुडुकले महिलाका लागि आर्थिक सशक्तिकरण सम्बन्धी प्रादेशिक सम्मेलन गरेको छ । महिलाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको रुडुक संस्थाले महिलाको आर्थिक पाटोलाई पनि थप सशक्त बनाउनुपर्छ भनेर महिला जनप्रतिनिधि र प्रदेश भरिकै महिला तथा महिलासँग सम्बन्धित सरोकारवाला निकायका बिचमा कार्यक्रम गरेको हो ।
रुडुकको प्रादेशिक सम्मेलनमा डडेलधुरा बाट सहभागि भएकी भावना खड्काले भनिन हामी महिलाहरु कुनै बेला कुवाको भ्यागुतो सरी रहेका थियौ तर जब रुडुकमा हामी आबद्ध भए पछि आफुले आफुलाई चिन्ने अवसर मिलेको छ। उनले थप भनिन वि .सं. २०७४ सालमा काठमाडौं रुडुक र डडेल्धुरा रुडुकले महिला शसक्तिकरणको लागि समुह गठन गरी सकेपछि आफ्नो परिचय दिन सम्म पनि नसक्ने ग्रामीण भेगका महिलाहरू शसक्त भएका छन् अझै पनि रुडुकले महिलाको क्षेत्रमा यस्तै कार्यक्रम गरोस् भन्ने आशा लिएको समेत खड्काले बताइन्।

महिला शसक्तिकरण र समानताका लागि हामीले दिदै आएका तालिम मात्रै पर्याप्त हैनन। जब सम्म महिला स्वयंको आर्थिक हात बलियो हुँदैन तब सम्म महिलाको चौतर्फी विकास हुन नसक्ने र यसैले रुडुकले महिलालाई शसक्त वनाउन आर्थिक पाटोलाई बलियो बनाउने तर्फ उन्मुख रहेको बिषयलाई लिएर रुडुकका राष्ट्रिय निर्देशक डा।के के श्रेष्ठले प्रिजेन्टेशन गरेका थिए।
यस्तै फाया नेपालकी अध्यक्ष गोमा आचार्यले भने खुला सवाल जवाफमा आफ्नो फरक धारणा पस्तुत गरिन उनले भनिन् महिला शसक्तिकरणका लागि छोरा छोरीलाई पैतृक सम्पत्तिमा पनि समान हक हुनु पर्ने र सरकारले डाटामा मात्रै महिला शसक्तिकरण बढाइरहेको छ यथार्थमा महिलालाई शसक्त बनाउन सरकारहरुले आज सम्म कुनै ठुलो कार्यक्रम लिएर काम नगरेको प्रति उनको गुनासो रहेको थियो।

प्रादेशिक सम्मेलनमा सहभागि भएका विभिन्न संघ संस्थाका महिलाहरुले महिलाको आर्थिक शसक्तिकरणको पाटोलाई बलियो बनाउन सबैले लाग्नु पर्ने बताए । आर्थिक पाटो शसक्त भए मात्रै महिलाहरुले नेतृत्वको क्षेत्रमा होस् , रोजगारीको लागि होस्, अन्य जुनसुकै क्षेत्रको लागि पनि महिला आर्थिक सशक्तिकरण अति आवश्यक रहेको रुडुक कैलालीकी सचिव सुनिता रानाले बताइन्।
प्रादेशिक सम्मेलनमा सहभागि भएका महिलाहरूले अब समाजले महिलाहरुलाई हेर्ने दृष्टिकोण फेर्नु पर्ने पितृसत्तात्मक व्यवहार भन्दा माथि उठेर महिलाको क्षेत्रमा कार्यक्रम गर्नु पर्ने बिषयमा सबैले जोड दिएका छन्।
कार्यक्रम सुदुरपश्चिम सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का , सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का , सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठक र विभिन्न नगरपालिकाका , गाउँपालिकाका जनप्रतिनिधि र अन्य विभिन्न संघसंस्थामा आवद्ध महिलाहरु र अन्य सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।