• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हवाई सेवामा सुदूरपश्चिमका १० प्रतिशत नागरिकको मात्रै पहुँच, अधिंकाश विमानस्थल बन्द

धनगढी,२४ भदौ । हवाई सेवामा सुदूरपश्चिम प्रदेशका नागरिकको पहुँच केबल १० प्रतिशत मात्र देखिएको छ। हवाई सेवाको ठुलो संभावना भएर पनि प्रदेश र स्थानीय तहबाट आफ्नो क्षेत्रको हवाई नीति नहँुदा हवाई सेवाको दृष्टिकोणबाट सुदूरपश्चिम प्रदेश निकै पछाडी देखिन पुगेको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए ।

पर्यटन विकासमा ठुलो योगदान पुगाउने गरी प्रदेश र स्थानीय तहसँग स्पष्ट नीति नहुदाँ हवाई सेवालाई विस्तार गर्न समस्या छ । हवाई सेवाको विकास र विस्तारमा प्रदेश र स्थानीय सरकारको कुनै खाका नै भेटिदैन्। आर्थिक वर्ष २०८०र८१ को संघीय बजेटको बुँदा १९२ मा धनगढी विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने उल्लेख छ।

त्यसअघि २०७९र८० को बजेटको १०१ र १०२ बुँदामा समेटिएको थियो, ‘धनगढी विमानस्थललाई स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिनेछ। आन्तरिक हवाई सेवाको गुणस्तर अभिवृद्धि गर्न र पहुँच विस्तार गर्न डडेल्धुरा र टीकापुर विमानस्थलको स्तरोन्नति गरिनेछ।

२०७८र७९ को बजेटमा पनि यस्तै आश्वासन थियो। टीकापुर र डडेल्धुरा विमानस्थलको स्तरोन्नतिका लागि बजेटको व्यवस्था गरिएको छ। तर कार्यान्वयनमा अहिलेसम्म केही पनि देखिएको छैन्। बैतडीको पाटन विमानस्थलमा नियमित उडान गर्ने भनेर धावनमार्ग र एप्रोन पिच नै गरिएको थियो।

५९० मिटरको धावनमार्ग र एप्रोन पिच गर्न तथा विमानस्थलको कार्यालय भवन निर्माणमा १६ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । कालोपत्र भएपछि प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो। त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको छैन। डोटीको दिपायल विमानस्थल २०७७ मा पिच भयो। तर नियमित उडान हुन सकेको छैन्।

पौने सात करोडमा चार वर्ष लगाएर पक्की बनाइएको विमानस्थलमा केही समय समिट एयर र नेपाल वायु सेवा निगमले धनगढीबाट उडान गरे पनि अहिले विमानस्थल बन्द छ। दार्चुलामा उडान नहुँने कच्ची विमानस्थल छ। कञ्चनपुरको महेन्द्रनगर, कैलालीको टीकापुर र अछामको कमलबजार उडान नहुने कञ्ची विमानस्थल हुन्। कमलबजार विमानस्थल २०५८ मा माओवादीले आक्रमण गरेपछि परीक्षण उडानसमेत गर्न नपाउँदै बन्द भएको थियो।

कैलालीको धनगढी, बाजुरा, अछामको साँफेबगर विमानस्थलमा भने उडान भइरहेको छ। तर, सञ्चालनको सूचीमा रहे पनि दुर्गम क्षेत्रका विमानस्थलमा जहाज र यात्रुको अभावमा सातामा एक वा दुईवटा मात्रै उडान हुने गरेको पाइएको छ।

सोमबार, भदौ २४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.