धनगढी,२३ भदौ । कैलालीको धनगढीबाट लागू औषध सहित एक किशोर पक्राउ परेका छन । शनिबार धनगढी उपमहानगरपालिका – ३ बाट स्थानीय १७ वर्षीय किशोर पक्राउ परेका हुन ।
उनको साथबाट ६८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।