मिन बहादुर खड्का काठमाडौं : बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले एक बिद्यालयका प्रधानाध्यापक माथि अपमानजनक व्यवाहार गरेको खुलेको छ।नगर प्रमुख खड्काले शिक्षा शाखाले आयोजना गरेको प्रधानाध्यापकहरुको बैठममा अपमानजनक व्यवाहार गरेको बुझिएको छ । नगर प्रमुख खड्काले बडीमालिका नगरपालिका वडा न. ५ मा अवस्थित कैलाशेस्वरी माध्यामिक बिद्यालयका प्रधानाध्यापक लछिराम साउदलाई बैठकमै अपमानजन व्यवाहार गरेका हुन् ।
यतिबेला यो बिषयको चौतर्फी आलाेचना भैरहेको छ। सम्मानित सर्वोच्च अदालतको फैसलालाई नै लत्याउदै नगर प्रमुख खड्का तानाशाही प्रवृत्तिमा प्रस्तुत भएको भन्दै शिक्षकहरु समेत आक्रोशित भएका छन् । यसैबीच नेपाल शिक्षक संघ बाजुराले यो घटनाको प्रेस वक्तव्य मार्फत निन्दा गरेको छ ।
प्रधानाध्यापक साउदलाई सर्वोच्च अदालतले यहि मिति २०८१ श्रावण २५ गते गरेको फैसला (रिट जारी) को विपरीत बडीमालिका नगर प्रमुख अमर वहादुर खड्काले नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको प्रधानाध्यापकगरुको बैठकमा उपस्थित भएर बैठक सुरु हुन लागेको अवस्थामा आफ्नो कार्यकक्षमा बोलाई “निज प्रधानाध्यापकलाई हामी प्रधानाध्यापक नै स्वीकारदैनौ, तपाईंको सुविधा रोकि दिन्छौं, हामीले बनाएर पठाएको प्रधानाध्यापक नै आधिकारीक प्रधानाध्यापक हो” र बैठकमा बस्नै पाईदैन, तपाई अहिल्यै निस्कीहाल्नुहोस् ” भनेर अमानवीय, अमर्यादित एवम् अपमानजनक ढंगले बैठक कक्षबाट बाहिर निकालेको अशोभनीय कार्य गरेको आरोप लागेको छ।
नगरप्रमुख खड्काले कानुनी राज्य,नेपालको संविधान, स्थानीय सरकार सञ्चालन एन र सम्मानित सर्वोच्च अदालतको नै उपहास हुने गरी दादागिरी शैलीमा बैठकमा प्रस्तुत भएको बिषय आलोचनाको बिषय बन्नु कुनै नौलो कुरा होईन । यो नगर प्रमुख जस्तो जिम्मेवार व्यक्तिले गर्न नहुने कार्य हो । प्रमुख खड्काले आफ्नो नगर प्रमुख पदको मात्रै ध्वज्जी उदाएका छैनन् सर्वोच्च अदालतको फैसलालाई नै चुनौती दिएका छन् ।
एउटा नगर सरकारको प्रमुखको हैसियतले सम्मानित सर्वोच्च अदालतको फैसलाको सम्मान गर्नुको साटो उल्टै प्रतिबादमा उत्रिएर एउटा बिद्यालयको प्रधानाध्यापक राष्ट्रसेवक कर्मचारी माथि अपमानजनक व्यवाहार गर्नु आफैमा लज्जास्पद बिषय भएको टिकाटिप्पणी यतिबेला भैरहेका छन् ।
बडीमालिका नगरपालिका वडा नं. ५ मनामा अवस्थित श्री कैलाशेश्वरी मा.वि कक्षा ५ सम्म मात्र स्वीकृत दरबन्दी भएको र एक प्रस्तावित मा.वि. हो। शैक्षिक सत्र २०८१ को सुरुवात देखि नै वडा अध्यक्षको ठाडो आदेशमा एकै पटक ४ जना शिक्षकहरुको सरुवा गर्दै प्रधानाध्यापकलाई झुठो र छलकपटपूर्ण ढङ्गले पदबाट हटाउने निर्णय गरेको थियो ।
उक्त निर्णयलाई बडीमालिका नगरकार्यपालिकाले २४ घण्टा नवित्दै सदर गरेर प्रधानाध्यापक साउदलाई जिम्मेवारीबाट हटाइएको थियो । साउदलाई प्रधानाध्यापकको जिम्मेवारीबाट हटाई नगर प्रमुख खड्काले आफु अनुकुलका व्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको आरोप छ । तर यता नगर प्रमुख खड्का भने यो कुरा स्वीकार गर्न तयार छैनन् । साउदलाई जिम्मेवारीबाट हटाएपछि उक्त कार्य गैह्रकानुनी भएको भन्दै उक्त कार्य बिरुद्ध प्रधानाध्यापक साउदले कानुनी बाटो रोजेका थिए।
अन्ततःनगरपालिकाको उक्त निर्णयलाई सम्मानित सर्वोच्व अदालतले गत श्रावण २५ गते गैरकानुनी भएको फैसला सहितको (रिट जारी) गरेको थियो । प्रधानाध्यापक साउद फरक राजनीति बिचार राख्ने भएकै कारण राजनीतिकरण गरेर वडा अध्यक्ष सहितको मिलोमतोमा उनलाई जिम्मेवारीबाट हटाएको आरोप नगर प्रमुख खड्का माथि शिक्षक साउद निकटले लगाउदै आएका थिए। तर यता नगर प्रमुख खड्का पक्षधरले भने यसलाई कपोकल्पित आरोप भन्दै आएका छन् ।
के भन्छन् त प्रधानाध्यापक साउद ?
हामीले नगरपालिकाको कार्यालयमा प्रधानाध्यापकको बैठकमा सहभागीता जनाउन गएका प्रधानाध्यापक लछिराम साउदलाई सोध्दा उनले भने, “नगरपालिका भित्रका सबै बिद्यालयका प्रधानाध्यापकहरुको बैठकमा सहभागी हुन म गएको थिए, मैले उपस्थिति पनि जनाईसकेको थिए, बैठक सुरु हुनै लागेको थियो,म बसिरहेको थिए, मलाई नगर प्रमुखले आफ्नो कार्यकक्षमा बोलाउन भनेर शिक्षा शाखा प्रमुखलाई पठाउनुभयो, म उहाँको कार्यकक्षमा गए” त्यसपछि उहाँले मलाई भन्नुभयो, तपाईलाई हामी प्रधानाध्यापक स्विकार्दैनौँ, हामीले बनाएको प्रधानाध्यापक नै हुन्छन्, तपाईं बिद्यालयमा पनि नजानुहोला, बैठकमा पनि नबस्नुहोला” आफुले सर्वोच्च अदालतको फैसला पछि आफ्नो पदीय जिम्मेवारी वहन गरेर नियमित विद्यालयको कामकाजमा संलग्न भएको १६औं दिन भैसकेको उनले बताएका छन् ।
१६ दिनसम्म काम गर्द केही नभनेको तर बैठकमा उपस्थित हुन जाँदा प्रधानाध्यापक स्वीकार नगर्ने भनेपछि आफुले बैठकमा सहभागीता जनाउन आएका सबै प्रधानाध्यापकहरुलाई जानकारी गराएर बैठकबाट बाहिरिएको उनले बताएका छन् । बैठकमा सहभागी अन्य प्रधानाध्यापकहरुको सल्लाह अनुसार नै आफु बैठकबाट बाहिरीएको प्रधानाध्यापक साउदको भनाई छ ।
यता यो बिषयमा नगर प्रमुख अमर खड्कालाई बुझ्न खोज्दा उनले फोन उठाएका छैनन् । यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीलाई बुझ्दा बैठकमा अपमानजन व्यवाहार भएको कुरा आफुलाई जानकारी नभएको दाबी गरेका छन् । उनले भने, नगर प्रमुखले आफ्नो कार्यकक्षमा बोलाएर के भन्नुभएको हो मलाई थाहा छैन, उहाँलाई नै थाहा होला, त्यसपछि उहाँ नगर प्रमुख संगको कुराकानी पछि बैठक नबसेर उहाँ निस्किनुभयो, अन्य केही जानकारी मलाई छैन, नगर प्रमुखलाई नै सोध्नुस् ”
नगर प्रमुख जस्तो जिम्मेवार व्यक्तिले एक बिद्यालयको प्रधानाध्यापक माथि नगरपालिकाको कार्यालय भित्रै गरेको अपमानजनक व्यवाहारको सबैले बिरोध गरिरहेका छन् । पटकपटक आलोचित बन्दै आएका नगर प्रमुख खड्का फेरी विवादमा तानिएका छन् । उसो त प्रमुख खड्काको आलोचना हुने बिषय नौलो बिषय होईन ।
नगरपालिका नेकपा एमालेका तर्फबाट नगर प्रमुखमा निर्वाचित भैसकेपछि शिक्षा क्षेत्रमा खुल्याम राजनीति गर्दै आएको आरोप प्रमुख खड्का माथि छ । जनप्रतिनिधि फेरीए संगै बिद्यालयमा शिक्षक पनि फेरेको भन्दै चर्को आलोचना सुरुवातीमै भएको थियो । नगर भित्रका बिद्यालय व्यवस्थापन समिति गठनमा समेत नगरका जनप्रतिनिधि र नगर प्रमुख स्वयमले हस्तक्षेप गरी गठन हुने गरेको श्रोतको दाबी छ ।
यतिबेला प्रधानाध्यापक साउद माथि भएको अपमानजनक व्यवाहारको बिषयलाई लिएर नगर प्रमुख माथि जानकारहरु समेत खनिएका छन् । एउटा नगर प्रमुख जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिको नैतिकता माथि नै यो बिषयले प्रश्न चिन्ह उठाएको छ । यसले नगर प्रमुख खड्काको बिद्यालयमा राजनीतिलरण गर्छन् भन्ने कुरालाई पनि चरितार्थ गरेको छ ।
नगर सरकारको प्रमुखले एउटा प्रधानाध्यापक माथि गरेको यस्तो घिनलाग्दो व्यवाहारले उनको चरीत्रको पनि यथार्थ चित्रण गरिदिएको छ । उसो त नगर प्रमुख खड्काले एउटा प्रधानाध्यापक माथि मात्रै अपमानजन व्यवाहार गरेका छैनन् यसरी बिद्यालयक क्षेत्रमा गर्दै आएको राजनीतिकरणले सिङ्गो विद्यार्थीहरुको भविषय माथि नै खेलवाड गर्दैछन् भन्ने कुरा पुष्टि हुन्छ ।
यस्तो छ नेपाल शिक्षक संघले जारी गरेको बिज्ञप्ती :
