धनगढी, २२ भदौ – धनगढीमा तालमा डुबेर एक युवकको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका ३ बिशालनगर स्थित नेतुवा तालमा डुबेर कमल चौधरीको मृत्यु भएको हो ।
उनको मानसिक अवस्था कमजोर रहेको मृतकका भाई सिताराम चौधरीले जानकारी दिएका छन् । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीे प्रहरीले बताएको छ ।
