• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसमा खरमुजुरको वासस्थान व्यवस्थापन

धनगढी,२२ भदौ । सुदूरपश्चिम प्रदेशमा दुर्लभ खरमुजुर बेङ्गाल फ्लोरिकनको वासस्थान व्यवस्थापन गरिएको छ । लोपोन्मुख खरमुजुरको संरक्षण गर्ने उद्देश्यले कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित विभिन्न सामुदायिक वनमा खरमुजुरको वासस्थान व्यवस्थापन गरिएको हो । त्यसलाई संरक्षण पनि गर्ने जनाइएको छ ।

युएसआइडी जल, जङ्गल बायोडाइभर्सिटी परियोजनाको आर्थिक सहयोगमा निकुञ्ज कार्यालय र नेपाल पन्छाी संरक्षण सङ्घ बिसिएन ले खरमुजुरको वासस्थान व्यवस्थापन गरेका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ‘कोर एरिया’ मा रहेको घाँसे मैदान र निकुञ्जबाहिरका सामुदायिक वन गरी १५० हेक्टर क्षेत्रमा खरमुजुरको वासस्थान व्यवस्थापन भएको बिसिएनका फिल्ड अधिकृत हिरूलाल डङ्गौराले जानकारी दिए ।

निकुञ्ज कोर एरियाको घाँसे मैदानमा ५० हेक्टरमा वासस्थान व्यवस्थापन गरिएको छ । यसै गरी बेलडाँडी गाउँपालिका–४ र ५ मा पर्ने किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पनि ५० हेक्टरमै वासस्थान व्यवस्थापन गरिएको छ ।

त्यस्तै बेलौरी नगरपालिका–५ मा रहेको उल्डनपुर सामुदायिक वन क्षेत्रमा २० हेक्टर, लालझाडी गाउँपालिका–३ मा रहेको सिद्धनाथ वनवाटिका सामुदायिक वनमा ३० हेक्टर क्षेत्रमा खरमुजुरको वासस्थान व्यवस्थापन गरिएको छ । खरमुजुरलाई आहारविहार गर्न, लुक्न सहज हुने गरी घाँस काँटछाँट गरेर वासस्थान व्यवस्थापन गरिएको पन्क्षीविद्समेत रहनुभएका डङ्गौराले बताए ।

२०२४ मा गरिएको गणनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरेर पाँच वटा खरमुजुर अभिलेख भएका छन् । चार वटा शुक्लाफाँटा घाँसे मैदानमा र एउटा पोथी खरमुजुर किसान मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा भेटिएको थियो । पाँचमध्ये तीन भाले र दुई पोथी खरमुजुर रहेको जनाइएको छ ।

गत वर्ष पनि निकुञ्ज क्षेत्रमा पाँच वटा खरमुजुर अभिलेख भएका थिए । यसघि २०१४ मा निकुञ्जमा भेटिएको खरमुजुरमा ‘स्याटेलाइट ट्याग’ जडान गरेर अनुगमन गरिएको थियो । त्यो खरमुजुर निकुञ्ज क्षेत्रभन्दा करिब ५० किलोमिटर टाढा पुनर्बास नगरपालिकाको दोदा नदी क्षेत्रमा पुगेको देखिएको थियो ।

‘ननब्रिडिङ सिजन’ मा खरमुजुर निकुञ्ज क्षेत्रभन्दा बाहिरसमेत पुगेको देखिएकाले निकुञ्जसहित मध्यवर्ती क्षेत्र र अन्य सामुदायिक वन क्षेत्रमा खरमुजुरको वासस्थान व्यवस्थापन गरिएको जनाइएको छ । यस कार्यका लागि निकुञ्जका कर्मचारीलाई तालिम दिइएको थियो । यसै गरी भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकावासीलाई सामुदायिक खरमुजुर संरक्षण तालिम प्रदान गरिएको छ ।

चार वटै पालिकाका १४० युवालाई चरा, प्रकृति र पर्यटनसम्बन्धी तालिम दिइएको छ । चरा र प्रकृति संरक्षणमा युवालाई अग्रसर गराउनका लागि उनीहरूलाई तालिम प्रदान गरिएको जनाइएको छ । उनीहरूमार्फत खरमुजुर संरक्षणमा समेत सहयोग पुग्ने फिल्ड अधिकृत डङ्गौराले विश्वास व्यक्त गरे ।

 

शनिबार, भदौ २२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.