• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विशेषज्ञ कुरिरहेको विशिष्ट अस्पताल

धनगढी,२० भदौ । सुदूरपश्चिम प्रदेशमा सङ्घीय सरकारमातहत रहेको एकमात्र ‘विशिष्ट विशेषज्ञ अस्पताल’ का रूपमा सञ्चालित डडेलधुरा अस्पताल छ । सुदूरपश्चिम प्रदेशमा विशिष्ट विशेषज्ञ सेवासहितको स्वास्थ्य सुविधा प्रदान गर्ने गरी स्थापित यस अस्पतालले विशेषज्ञ डाक्टर कुरिरहेको पाइएको छ ।

चिकित्सक नहुँदा बिरामी कैलालीको धनगढी र भारतका विभिन्न निजी अस्पतालमा महँगोमा उपचार गराउन बाध्य छन् । २०४० सालतिर डडेलधुरामा अमेरिकी डा. मेनार्ड सिमनले १२ शय्याबाट अस्पताल सुरुवात गर्नुभएको थियो । सो समयमा टिबी, लेप्रोसी वार्ड स्थापना गर्दै सेवा सञ्चालन गरिएको थियो । २०४५ सालमा टिम अस्पतालका नाममा २५ शय्यामार्फत यहाँका नागरिकलाई स्वास्थ्य सेवा दिइयो । सो अस्पताल २०५१ सालमा ५० शøयामा स्तरोन्नति भयो । २०७० मा जिल्ला अस्पताल र टिम अस्पताललाई मिलाएर उपक्षेत्रीय अस्पताल सय शय्याको बनाइयो ।

डडेलधुरा उपक्षेत्रीय अस्पताललाई २०७५ साल फागुन ३ को मन्त्रीपरिषद् बैठकले विशिष्ट सेवा प्रवाह गर्ने गरी स्तरोन्नति गर्ने निर्णय गरेको थियो । तत्कालीन सरकारले मोरङको कोशी अञ्चल अस्पताल, पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनको भरतपुर अस्पताल, बाँकेको भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रीय अस्पताल, डडेलधुरालाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’ का रूपमा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

डडेलधुरा अस्पताललाई सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्लाको केन्द्रमा रहेर सेवा दिने गरी स्तरोन्नति गर्ने निर्णय गरिएको थियो । विशिष्ट विशेषज्ञ अस्पताल पाँच शय्याको हुनु पर्छ तर यो अस्पतालमा हाल एक सय शय्या सञ्चालन भइरहेको छ । अस्पतालले हाल १४ वटा विभाग कायम गरेर त्यसै अनुरूप सेवा प्रदान गरिरहेको छ ।

विशिष्ट विशेषज्ञ अस्पताल भनिए पनि पुरानै उपक्षेत्रीय अस्पताल हुँदाको दरबन्दी पनि झन्डै आधा खाली छ । उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि सङ्घीय सरकारबाट १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो । विशेषज्ञ चिकित्सकको मात्रै स्वीकृत स्थायी दरबन्दी १७ जनाको रहेको अस्पतालका सूचना अधिकारी डा. आशिष अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार छात्रवृत्ति करारमा गाइनोकोलोजिस्ट र एनेस्थेसिया गरी दुई जना विशेषज्ञ चिकित्सक अस्पतालमा कार्यरत छन् ।

“अस्पतालमा अहिले करार सेवामा पनि दुई जना विशेषज्ञ डाक्टर कार्यरत हुनुहुन्छ । एक जना इएनटी विशेषज्ञ र अर्का एक जनरल सर्जन हुनुहुन्छ,” सूचना अधिकारी डा. अधिकारीले भन्नुभयोे, “मेडिकल अधिकृतको स्वीकृत दरबन्दी १८ जना हो । यसमध्ये स्थायी पदमा सात जना कार्यरत छन् ।”

यसै गरी अस्पतालमा स्टाफ नर्सको स्वीकृत स्थायी दरबन्दी ३० जना रहेकोमा हाल २८ जना कार्यरत छन् । दुई जनाको पद अझै रिक्त रहेको सूचना अधिकारी डा. अधिकारीले बताउनुभयो । उहाँका अनुसार छात्रवृत्ति करारमा पाँच जना र करार सेवामा ११ जना मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले करार सेवामा २० जना स्टाफ नर्स भर्ना गरेको छ ।

अस्पतालमा स्थायी दरबन्दी भएका नौ जना अध्ययन बिदामा रहेको डडेलधुरा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सन्तोष गुप्ताले बताउनुभयो । स्थायी दरबन्दीमा कार्यरतमध्ये तीन जना मेडिकल अधिकृत र छ जना स्टाफ नर्स अध्ययन बिदामा रहेका गुप्ताले बताउनुभयो ।

१०९ दरबन्दीमा ५८ कार्यरत

नेपाल सरकारबाट स्वीकृत स्थायी दरबन्दी १०९ जनाको छ तर अस्पतालमा हाल ५८ मात्रै कार्यरत रहेका अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सन्तोष गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा ५१ जनाको स्थायी पद रिक्त छ ।

डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले स्थायी दरबन्दीमा विशेषज्ञ चिकित्सक पठाउन पटक पटक स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको बताउनुभयो । अस्पतालका समस्या लिएर धेरै पटक काठमाडौँ धाउँदा पनि मन्त्रालयले डाक्टर नपठाएको उहाँको गुनासो छ ।

“यहाँ स्थायी दरबन्दीमा कसरी डाक्टर पदपूर्ति गर्ने विषयमा बारम्बार मन्त्री, सचिवज्यूसहित सरोकारवाला सबैलाई आग्रह ग¥यौँ । हामीले अहिले पनि विशेषज्ञ चिकित्सक ल्याउन पहल गरिरहेकै छौँ,” अध्यक्ष ओझाले भन्नुभयोे, “अहिलेसम्म जति हामीले अपेक्षा गरेका छौँ, त्यस अनुरूप मन्त्रालयबाट डाक्टर पठाइएको छैन । छात्रवृत्ति करार र करार सेवामा उपलब्ध रहेका विशेषज्ञ डाक्टरले उचित किसिमले सेवा दिइरहनुभएको छ ।”

दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक अभाव हुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको अध्यक्ष ओझाले बताउनुभयो । ओझाले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयबाट जति विशेषज्ञ डाक्टर उपलब्ध हुनुपर्ने हो, त्यो भएको अवस्था छैन । यसका कारण डडेलधुरा अस्पतालले विशेषज्ञ र गुणस्तरीय सेवा प्रवाह गर्ने सवालमा एकदमै समस्या देखिएको छ ।”

 

बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.