• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम प्रदेश सरकारको बजेट आउनै लाग्यो

धनगढी, १९ भदौ /  वित्तीय अनुशासन कायम गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेश सरकारले भदौ २० गते बजेट ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले बजेट ल्याउन लागेको हो ।

सुशासन कायम गर्ने उद्देश्यका साथ असार १ गते दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको नियमित बजेट पारित हुन नसकेपछि प्रदेश सरकारले नयाँ बजेटमार्फत तयारी थालेको हो । यसका लागि प्रदेश सरकारले बजेट निर्माणका सम्बन्धमा चार वटा आधार सार्वजनिक गरेर बजेटमार्फत प्रदेशको विकासमा सुशासन कायम गर्ने बताएको छ ।

विगतमा बजेट निर्माणका क्रममा व्यापक, भ्रष्टाचार, कमिसनतन्त्र र बिचौलिया हाबी भएको भन्दै अब सो कार्य निरुत्साहित गरेर बजेटमार्फत प्रदेशमा सुशासन कायम गर्ने प्रदेश सरकारका मुख्यमन्त्री शाहको दाबी छ ।

यस अन्तर्गत प्रदेश सरकारले २५ लाखभन्दा माथिको सिलिङ कायम गरेर बजेट विनियोजन गर्ने, आवश्यकता र औचित्यका आधारमा २५ लाख रुपियाँभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भए कार्ययोजनासहित ससर्त अनुदानका रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने गरी बजेटको आधार तय गरेको उनले बताए । यसरी बजेट ल्याउनुभन्दा पहिला यी आधार तय गरेपछि धनगढीका होटलमा बास बसेर बजेट माग गर्नेको ८० प्रतिशत चाप कम भएको मुख्यमन्त्री शाहले बताए ।

यसअघिका सरकारले ससाना रकमको योजना बनाई प्रदेश सरकारले उपभोक्ता समितिमार्फत काम गर्दै आएकोमा सो कार्य अब रोकिने उहाँले बताउनुभयो । विगतमा व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई तोकेर बजेट विनियोजन गर्दा देखिने गरी विकास नभएको र भ्रष्टाचार बढेकाले अब यसो गर्न नसकिने मुख्यमन्त्री शाहको भनाइ छ  ।

प्रदेश सरकारले वित्तीय अनुशासनसहितको बजेट ल्याउने तयारी गरिरहँदा मातहतका कार्यालयमा भने विगतको जस्तै साना र टुक्रे योजना आइरहेको बताइएको छ । अधिकांश योजना नदीनालामा तटबन्ध निर्माण, सिँचाइ कुलो निर्माण, मन्दिर निर्माण, स्कुलको घेरा पर्खाल निर्माण, फिल्ड निर्माण, सहकारीको भवन निर्माण, सामुदायिक भवन, सडक ग्राभेल, जनचेतनामूलक कार्यक्रमलगायतका योजना रहेको आलोचकको भनाइ छ ।

बुधबार, भदौ १९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.