• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमका पहाडी जिल्लाको लाइफलाइन सडक बिजोक अवस्थामा

धनगढी, १८ भदौ /  डडेल्धुरा जोड्ने राजमार्ग हो, भीमदत्त राजमार्ग । सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएकाले भीमदत्त राजमार्गलाई पहाडी जिल्लाको लाइफलाइन मानिन्छ । तर, त्यही लाइफलाइन सडकको भने‍ बिजोक छ । एक सय ३५ किलोमिटर लामो राजमार्गको अधिकांश क्षेत्र क्षतिग्रस्त छ । राजमार्गको ६९ किलोमिटर खण्ड कैलाली तथा डोटी र डडेल्धुरामा ३३.३३ किलोमिटर पर्छ ।

डोटी र डडेल्धुरा खण्डको अवस्था सबैभन्दा दयनीय रहेको सवारी चालक रमेश अवस्थी बताउँछन् । ‘डडेल्धुरा खण्डको हगुल्टे लेक क्षेत्रमा त सडक कच्चीभन्दा पनि दयनीय छ,’ अवस्थीले भने, ‘सडकको अवस्था ठीक हुँदा डडेल्धुरादेखि धनगढी पुग्न साढे तीन घण्टा समय लाग्ने गरेको थियो । अहिले पाँच घण्टामा पनि पुग्न मुस्किल हुन्छ ।’ हगुल्टे लेक क्षेत्रमा बर्सेनि हिमपात हुने गरेको छ । तर, सडक डिभिजन कार्यालयले सामान्य मर्मत मात्रै गर्ने भएकाले उक्त क्षेत्रमा सडक वर्ष दिन नपुग्दै भत्किने गरेको छ ।

अर्का सवारी चालक दीपेन्द्र ऐरका अनुसार ठाउँ-ठाउँमा सडक भत्किएको र सयौँ खाल्डाखुल्डी भएकाले आवतजावतमा मुस्किल छ । ‘वर्षात्‌को समयमा त भगवान्‌ भरोसामा यात्रा गर्नुपर्ने अवस्था छ,’ उनले भने । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारानाथ सिग्देलका अनुसार राजमार्गको स्तरोन्नति नभए पनि कैलाली खण्डमा समय-समयमा आवधिक र पटके मर्मत हुँदै आएको छ । ‘अहिले सहजपुरदेखि फल्टुडेसम्म आवधिक मर्मत भएकाले उक्त क्षेत्रमा सडकको अवस्था ठीक छ,’ उनले भने, ‘अन्य क्षेत्रमा पटके मर्मत मात्रै हुने गरेको छ । त्यो भनेको खाल्डा पुर्ने काम मात्रै हो । त्यो दिगो हुँदैन ।’ उनका अनुसार सहजपुरदेखि फल्टुडेसम्मको आवधिक मर्मतको काममा दुई करोड २६ लाख रुपैयाँ खर्च भएको हो ।

राजमार्गको डडेल्धुरा र डोटी खण्ड भने सडक डिभिजन कार्यालय कुलपाते डोटीले हेर्दै आएको छ । कार्यालयका प्रमुख रमेश भट्टराईका अनुसार सडक मर्मतका लागि यसअघि ठेक्का भएको तर ठेकेदारले काम नगर्दा सडकको अवस्था झन् बिग्रिएको हो । ‘यसअघि सडक मर्मतका लागि तीनवटा ठेक्का लगाइएको थियो,’ उनले भने, ‘तर, ती ठेकेदारले न त मर्मतको काम गरे न कार्यालयले ठेक्का तोड्ने काम नै गरेको थियो । अहिले उक्त ठेक्का तोडेर नयाँ ठेक्का लगाएका छौँ ।’ राजमार्गको भात्काडादेखि गैरासम्म ५ करोडमा उच्चाकोटी निर्माण कम्पनीले ठेक्का पाएको छ । यस्तै, डडेल्धुरादेखि भात्काडासम्म दुई करोड रुपैयाँमा रुद्रावतीले ठेक्का पाएको छ । यसबाहेक डडेल्धुरा (बैतडी राजमार्गमा अनारखोली क्षेमा सडक मर्मतका लागि चार करोडमा उमा विल्डर्सले ठेक्का पाएको छ ।

२०१८ सालतिर भीमदत्त राजमार्ग निर्माणको चर्चा सुरु भएकोमा त्यसपछि सडक रेखांकन र ट्र्याक खोल्ने काम भएर २०२९ सालमा पहिलोपटक डडेलधुरामा गाडी पुगेको थियो । २०४६ सालमा सुरु भएको कालोपत्रे गर्ने काम २०५२ सालमा सम्पन्न भएको थियो । कालोपत्रे भएको तीन दशक पुग्नै लाग्दा पनि सडक स्तरोन्नतिको काम भएको छैन । राजमार्ग सुधार र मर्मतका नाममा हरेक वर्ष खाल्डा पुर्ने मात्रै काम हुँदै आएको छ । तर, उक्त मर्मत पनि एक वर्ष टिक्ने गरेको छैन । यस्तै, भीमदत्त राजमार्गमा दर्जनौँ पहिरोले पनि सडक झन् क्षतिग्रस्त भएको छ । राजमार्गको बुढीतोला क्षेत्रमा त पहिरोले झण्डै तीन सय मिटर सडक बगाएको थियो । अहिले उक्त क्षेत्रमा ६ करोड ६० लाखको ठेक्का लगाएर काम भइरहेको सडक डिभिजन कार्यालय, महेन्द्रनगरका सूचना अधिकारी सिग्देलले बताए । ‘जीएसआई हटैराज जेभीले ठेक्का पाएर काम गरिरहेको छ,’ उनले भने, ‘उक्त क्षेत्रमा कटिङ र वाल लगाउनेलगायतको काम भइरहेको छ । पुसभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता छ ।’

 

मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.