कञ्चनपुर , १८ भदौ / कञ्चनपुरको महाकाली नदीमा बेवारिसे शव फेला परेको छ । हिजो (सोमबार) साँझ जिल्लाको भीमदत्त नगरपालिका ९ व्रह्मदेवस्थित खल्ला जाने बाटो नजिक महाकाली नदीमा रहेको रुखमा अड्किएको अवस्थामा शव फेला परेको हो ।
नाम, थर, वर्ष खुल्न नआएको अन्दाजी ३५ र४० वर्षका पुरुषको शव फेला परेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।