धनगढी,१७ भदौ । धनगढीमा २१ ओटा एप्पल आईफोन सहित १ जना पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका १ सुख्खडका २७ वर्षीय राजु चौधरीे २१ ओटा एप्पल आईफोन सहित १ जना पक्राउ हुन् ।
काठमाण्डौँ पठाउन क्रममा धनगढी विमानस्थलको प्रवेश द्वारमा रहेको मेसिनमा स्क्यान गर्दा ती मोबाइलहरू फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बरामद गरिएका आईफोनहरूको मूल्य ८लाख ४० हजार बराबर रहेको जनाएको छ । उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको छ।
