धनगढी, १७ भाद्र/कैलाली प्रहरीका अनुसार सर्पले डसेर घाइते धनगढी उपमहानगरपालिका–९, वनदेवी टोल बस्ने माया बिकको ५ वर्षीय छोरा अरुण बिकको मृत्यु भएको हो । उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घरमा सुतिरहेको अवस्थामा हिजो सर्पले डसेको प्रहरीले बताएको छ ।
यस्तै, सर्पले डसेर गोदावरी नगरपालिका–६, लालपुर बस्ने वर्ष ३३ को सागर बिष्ट घाइते भएका छन् । आफ्नै किराना पसलको घरआगनमा सुतिरहेको अवस्थामा दाहिने खुट्टामा सर्पले डसेको प्रहरीले जनाएको छ ।