धनगढी,१५ भदौ । धनगढीमा चरेससहित एक जना पक्राउ परेका छन् । बझाङको केदारस्यु ७ का ४२ वर्षीय जनक धामी क्याम्पस चोक नजिक विशेष सुराकीको आधारमा पक्राउ परेका हुन् । धामी सडकमा शंकास्पद रूपमा हिडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा उनका साथमा रहेको कालो झोलामा ४.५ के.जि. चरेस र नगद ७५,००० हजार रुपैयाँ फेला पारेको थियो ।
धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।