धनगढी, २ भदौ / पछिल्लो समयमा अधिकांश युवाहरु लागु औषधको शिकार हुने दर बढ्दै गएको छ । कैलाली जिल्लामा मात्रै हाल लागुऔषधकै मुद्धामा २८ जना नियन्त्रणमा रहेको कैलाली प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले बताए ।
उहाँले भने , लागु औषध नियन्त्रण गर्नैकै लागि ठुलो संख्यामा प्रहरी फोर्सलाई खटाउनु परेको बताए । दैनिक सादा वर्दीमा प्रहरी खटाएर खोज अनुसन्धान भैरहदा दिनकै समेत लागुऔषध ओसार पोसार गर्ने र सेवन गर्ने व्यक्ति फेला परी रहेको अवस्था छ । यो नियन्त्रण गर्न खुला सिमानाका कारण केही चुनौती समेत रहेको उन्ले सुदूपत्रलाई बताए ।
हाल कैलाली जिल्ला भित्र लागुऔषधका १६ मुद्धामा २८ जना नियन्त्रणमा रहेको बताए । नियन्त्रणमा राखेर थप अनुसन्धानका साथै अन्य लागुऔषध सेवन गर्नेलाई समेत नियन्त्रण गर्न केहीँ सहज समेत हुने गरेको उन्ले बताए ।