धनगढी, ४ साउन/ कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा यात्रुबहाक बस र टिप्पर एक आपसमा ठोक्किदा ६जान घाईते भएका छन् । बिहिबार साझ घोडाघोडी नगरपालिका–५ का २५ वर्षीय लालबहादुर चौधरीले चलाएको रा १ ख २७३३ नम्बरको टिप्पर र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने २७ वर्षीय चन्द्र बोहराले चलाएको ना ७ ख ४३५ नम्बरको बस आपसमा ठोक्किएर बिहीवार दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा बसमा सवार ६ जना घाईते भएको प्रहरीले जनाएको छ।
घाईते हुनेमा बस चालक बोहरा, कैलालीको गौरीगंगा नगरपालिका–९ की ४० वर्षीया अनिता चौधरी, वर्ष पहिचान नभएकी अञ्जली चौधरी, धनगढी उपमहानगरपालिका–१९ की माया चौधरी, सोही ठाउँका ४ वर्षीय विपीन र एक जना भारतिय नागरिक ३२ वर्षीय सुरेश निगम रहेको प्रहरीले जनाएको छ।
घाईते सबै जनाको घोडाघोडी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। टिप्पर र टिप्पर चालक चौधरीलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ। दुर्घटना सम्बन्धमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ।