धनगढी,१४ असार । धनगढीमा मोटरसाइकलले ठक्कर दिँदा २ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–४ मा रहेको आर्मी ब्यारेक अगाडि छ लेन सडकमा सुदूरपश्चिम प्रदेश ०१००९ प ६१९६ नम्बरको मोटरसाइकलले आज पैदल यात्रीलाई ठक्कर दिएको हो ।
धनगढीदेखि अत्तरियातर्फ जाँदै गरेको धनगढीका २३ वर्षीय प्रवेश रानाले चलाएको मोटरसाइकलले पैदल यात्री डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–८ का ३९ वर्षीय विकास गुरुङलाई ठक्कर दिँदा चालकसहित दुबै जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनीहरुको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।