धनगढी,१२ असार । धनगढीका दुई युवकलाई लागुऔषधसहित पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–३ का १९ वर्षीय आशिषबहादुर धानुक र धनगढी–२ का १९ वर्षीय छत्रबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई कञ्चनपुर प्रहरीले पुनर्वास नगरपालिका–११ भिमबस्तीबाट पक्राउ गरेको हो । दुवै जनाको साथबाट ४७० मिलिग्राम लागुऔषध र उनीहरु सवार एक थान मोटरसाईकल समेत नियन्त्रणमा लिइएको छ । दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धनगढीका दुई युवक लागुऔषधसहित पक्राउ
धनगढीका दुई युवक लागुऔषधसहित पक्राउ