धनगढी,१० असार । कञ्चनपुरबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन । आइतबार कृष्णपुर र भीमदत्त नगरपालिकाबाट लागूऔषध सहित २ जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका – २ बाणीबाट स्थानीय ५६ वर्षीय हरीलाल ऐरलाई पक्राउ गरेको छ । प्रहरीले ऐरले सञ्चालन गरेको खुद्रा पसलबाट २९.३५ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारेको जनाएको छ ।
यस्तै नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले भीमदत्त नगरपालिका – ११ गड्डाचौकीबाट स्थानीय २९ वर्षीय पुरुषोत्तम जोशीलाई पक्राउ गरेको छ ।
उनको साथबाट २.६३ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।