धनगढी, २ असार/कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ४ महिला पुरुष पक्राउ परेका छन । शनिबार साँझ इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका – २ अत्तरिया रिङरोड स्थित न्यू अपि सुदूरपश्चिम होटलबाट अनैतिक क्रियाकलापमा संलग्न एक महिला, एक पुरुष सहित होटल सञ्चालक २ जना पक्राउ परेका हुन ।
होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।
