धनगढी १ असार/कैलालीको सेती प्रादेशिक अस्पतालको काउन्टरमा एक जना मृत अवस्थामा फेला परेका छन्।
अस्पतालको टिकट काउन्टरको अगाडि बेन्चमा सुतेको अवस्थामा नाम थर नखुलेको अन्दाजी ४४ वर्षीय पुरुष शक्रवार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।