धनगढी ,२३ जेठ । कैलालीमा चेक अनादर मुद्धाका फरार पुरुष पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका २ बस्ने ५२ वर्षीय जयराज बोहरा पक्राउ परेका हुन् ।
जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ हजार जरीवाना ठहर गरेको थियो । बोहरालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घराबाट पक्राउ गरेको बताएको छ।