धनगढी ,२२ जेठ । कैलालीको अत्तरिया बजारबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ३ जना युबायुबती पक्राउ परेका छन् । मंगलबार बिहान इलाका प्रहरी कार्यालय मालाखेती कैलाली अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले “धर्मा होटल”बाट उनिहरुलाई पक्राउ गरेको हो ।
उनिहरुलाई अनैतिक क्रियाकलाप गरिरहेको अबस्थामा फेला पारी सोही होटलका सञ्चालक सहित महिला २ र पुरुष १ गर ३ जनालाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको समेत प्रहरी को भनाई छ ।
