• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चुरेका महिला व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित

यमुना साउद धनगढी ,२१ जेठ । कैलालीको चुरे गाउँपालिका ५ सालघाडीका महिलाहरू व्यावसायिक तरकारी खेती तर्फ आकर्षित  भएका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरू   तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् । उनीहरूले विभिन्न समूह समिति बनाएरै तरकारी खेतीमा लागेका हुन् । घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका हुन् ।

बिहान–साँझ घरको कामधन्दा सकाएर दिउँसोको समयमा  खेतबारीमा गएर तरकारी  खेतीबाट  आयस्रोत जुटाउन थालेका छन् ।  तरकारी खेतीमा संलग्न हुन थालेपछि त्यहाँका महिलाहरूको दैनिकी नै बदलिएको छ । तरकारीका बिरुवा उमार्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, बजारमा बिक्री गर्ने कार्यमा महिलाको दिनचर्या बित्ने गरेको छ । 

चुरे ५ सालघाडीकि  धनमति धामीले  १२ रोपनीमा टमाटर र बन्दा  लगाउन  सुरु गरेकी छिन् । पहिला परम्परागत रूपमा खेती गर्दा ३/४ महिना खान नपुग्ने भएपछि उनी तरकारी खेतीतर्फ आकर्षित भएकी हुन् । गत वर्ष तरकारीको उत्पादनमा वृद्धि भएको र राम्रो आम्दानी भएकोले तरकारी खेतीमा आकर्षित भएको उनी बत्ताउँछिन् । तरकारी खेतीले जीविका चलाउन सहयोग पुगेपछि अन्य अन्नबालीभन्दा तरकारी खेती नै राम्रो भएको उनले बताए ।

बेमौसमी  तरकारी खेतीको लागि कृषि समूहबाट टनेल पाएको भएपनी पानी अभावका कारण त्यसै थन्क्याएर  राखेको धनमतिले बताइन् ।  उनी भन्छिन् “पानीको अभाव छ, पहिला वडाको सहयोगमा बनेको पानी टङ्की पहिराले लग्यो, १ घण्टाको उकालो उक्लेर खानको लागि पनि पानी बोक्नु पर्छ । समूहबाट टनेल दिएको छ । पानी नभएर घाँस दाउरा राख्ने बनाछु । के गर्नु पानी बोक्न सकिँदैन । आफू र गाई भैसिको लागि त पानी बोक्न सकिँदैन । 

सिचाइको लागि त झन् समस्या  छ , टमाटरमा रोग व्याद लागेपनी कृषि प्राविधिक छैन । जङ्गल  नजिक छ , बाँदरले पनि तरकारी सखाप पार्दिन्छन् । दिन भरी यही कुरेर बस्नु पर्छ । केही गरौँ भने पनि समस्या  छ । पालिकाबाट अनुदान, तालिम  भएपनी हामीलाई  कोही भन्दैन ।” आफूले उत्पादन  गरेको तरकारीको उचित मूल्य नपाएको उनले बताइन् । उनले भनिन् “प्रति किलो ३०/३५ रुपैयाँ दिन्छौ , बढी भने पछि किन्दैन ।”

तरकारी खेतीबाट उनी ६ जनाको परिवार पालि रहेकी छिन् । छोरा छोरीको पढाइ खर्च पनि यसैबाट जुटाउँछिन् । “केही वर्षसम्म आर्थिक समस्याले सबै भन्दा बढी पिरोल्थ्यो। घरको खर्च चलाउनेदेखि केटाकेटी पढाउने सम्मको खर्च धान्न निकै मुस्किल हुन्थ्यो। तर आजकल उनी तरकारी खेतीबाटै राम्रो आम्दानी गरिरहेका छन्। घर खर्च चल्न थालेको छ। व्यावसायिक तरकारी खेतीबाट ५ महिनाको अवधिमा  एक लाख ५० हजार सम्म आम्दानी हुने गरेको छ,’ उनले भनिन्।

“१२ रोपनी जग्गामा लगाएको तरकारीले मेहेनतका साथ खेती गरियो भने राम्रै फल्छ, बजारबाट किनेर खाएका तरकारीमा स्वाद नहुने, बासी तरकारी, विषादीको अधिक मात्रा प्रयोगले स्वास्थ्यलाई हानी पु¥याउने भएकाले घरमै तरकारी फलाएर खादा स्वास्थ्यलाई हित गरेको छ”, उनी भन्छिन् । 

चुरे ५ सालघाडीकि धनमती धामी टमाटर टिप्पदै, फोटो : यमुना साउद

धनमति जस्तै चुरे ५सालघाडी कै कृषक तिला देवी बोहोराले अहिले १५ रोपनीमा  टमाटर र बन्दा लगाएकी छिन् । गत वर्ष लगाएको टमाटरबाट राम्रो आम्दानी भएसँगै तरकारी खेती आत्मनिर्भर हुने बाटो बनेको उनले बताइन् । उनी भन्छिन्, ‘तरकारी खेती सुरु गरे देखि घर खर्च चलाउन, छोराछोरी पढाउन र समूहमा बचत गर्न सकिएको छ । बन्दा,  टमाटर, फर्सी लगायतका तरकारी खेतीबाट राम्रो आम्दानी हुन्छ ।’

सुरुमा दुई/तीन रोपनीबाट तरकारी खेती थालेको थिएँ,’ किसान बोहाराले भनिन् , ‘धान, गहुँ खेतीबाट भन्दा तरकारीमा मुनाफा बढी हुने देखिएपछि व्यावसायिक रूपमा तरकारी खेतीमै लागेँ ।’ उनले तरकारीको उचित मूल्यमा नपाउँदा किसान प्रभावित हुने गरेको बताइन् । उनले तरकारीबाट ५ महिनामा २लाख२० हजार आम्दानी हुने गरेको बताउँदै सो रकमबाट परिवारको जीविका चल्नाका साथै छोराछोरीको पढाइ खर्च भइरहेको जानकारी दिए । 

उनले तरकारीबाट भएको आम्दानीबाट अहिले छोरालाई जापान पठाएको  बताइन्  । ‘किसानको आवश्यकता बुझेर सरकारी निकायले अनुदान र सहयोग गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि किसानसम्मै पुग्ने संरचना दरिलो बनाउनु आवश्यक छ । स्थानीय तहले ल्याएका अनुदान हामी किसान सम्म पुग्नु पर्छ । हामी सम्म त सूचना पनि पुग्दैन ।जङ्गली जनावरले सताउनु सतायो सरकारले यसको व्यवस्थापन गरेको भए सजिलो हुन्थ्यो ।’

घरमा थोरै खानका लागि तरकारी लगाउने  उनले समूहमा आबद्ध हुन थालेपछि उत्पादन बढाउन थालेको बताउनुहुन्छ । उनलाई १५ वर्षयता तरकारी खेती सुरु गरेपछि किनेर खानुपर्ने बाध्यता टरेको छ ।

चुरे ५सालघाडी कै कृषक तिला देबी बोहोरा टमाटर गोडमेल गर्दै फोटो : यमुना साउद

यस्तै चुरे ५ सालघाडीकी धना देवी बोहोराको घर वरिपरिका जग्गा तरकारीले भरिएका छन् । कोही उत्पादन दिँदैछन् त कुनै उत्पादन दिने क्रममा छन् । अहिले उहाँले टमाटर , बन्दा उत्पादन गरेर बजारमा दिनहुँ जसो बेच्नुहुन्छ । बन्दा प्रतिकिलो रु ३०, काक्रा प्रतिकिलो रु ६०,टमाटर प्रतिकिलो रु ३५ मा बिक्री भइरहेको उनले बताइन् ।

“घर वरपरका जग्गामा लगाइएको तरकारी खेती परिवारको दरिलो आम्दानीको स्रोत बनेको छ, दैनिक जसो बिक्री हुँदा हातमा पैसा परिरहन्छ”, उनले भनिन्, “घरको काम गर्दै हेरचाह गरे भयो, धेरै समय दिएर दुःख झन्झट गर्नु परेन ।” घरायसी प्रयोगका लागि मात्रै तरकारी लगाउने बोहोराले एक दशकयता भने व्यावसायिक तवरबाट खेती गरिरहनुभएको छ । घरमा आफैँले उत्पादन गरेको तरकारी टिपेर बेच्न पाउँदा धेरै आनन्दको अनुभूति हुने गरेको अनुभव सुनाइन् । 

उहाँ भन्नुहुन्छ, “महिलालाई आफूले कमाउने कुनै उपाय नभएको अवस्थामा अरूको भरमा बाँच्नुपर्दा जीवन अन्धकार जस्तो हँुदोरहेछ, श्रीमानसँग हुँदा त पैसा दिनु हुन्थ्यो नहुँदा यत्तिकै मन बुझाउनुपर्ने अवस्था थियो, अहिले तरकारी फलेपछि पैसा हात  परिहाल्यो, आफ्नो खर्चलाई अरूको निर्भर रहनु परेन ।” आफ्नो मेहेनत र परिश्रमले उत्पादन गरेको वस्तु उपभोक्ता माझ पु¥याउँदा व्यवसायमा उत्साह थपिँदै गएको उनले बताइन् । तरकारी विक्रीबापत ५ महिनाको अवधिमा खर्च कटाएर करिब रु दुई लाख आम्दानी गर्नुहुन्छ ।

आफैँले घर वरपरका खाली जग्गामा हरियाली तरकारी लगाएपछि किनेर खानु नपरेको बताउनुहुन्छ । उनले बर्सेनि ६ रोपनी जति जग्गामा विभिन्न जातका तरकारी लगाउने गर्छिन् । घरमा खानका लागि मात्र नभई बजारमा बिक्री गर्ने गरेको बोहोराले बताइन् । “पहिला किनेर बिहान–साँझ तरकारीको जोहो हुन्थ्यो, अहिले आफैँले उत्पादन गरेको ताजा तरकारी खान पाइएको छ, धेरै उत्पादन हुँदा बजारमा बेच्यो कि हातमा पैसा परिहाल्ने, तरकारी लगाएर सामान्य खर्च गुज्रेकै छ”, उनले भनिन् । कहिले काहीँ बाँदरले तरकारी खाई दिने गरेको उनीले गुनासो गरिन्  ।

चुरे ५ सालघाडीकी धना देवी बोहोरा फोटो :यमुना साउद

विभिन्न समस्याका बाबजुद पनि उनीहरू तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दैनिक १ घण्टाको उकालो उक्लेर पानी बोक्नु उनीहरूको मूल समस्या  हो । तर पनि पुरुषको तुलनामा महिलाको तरकारी खेतीमा उत्साह राम्रो देखिएको छ ।

घर व्यवहार चलाउने कार्यमा महिला नै प्रमुख भूमिकामा रहने हाम्रो समाजमा आयआर्जन बढाउने कार्यमा उनीहरू पुरुषसरह नै व्यवसायमा मेहेनत र परिश्रम गर्न पछाडि हटेका छैनन्  । घरधन्दा, छोराछोरीको स्याहारसुसारसँगै यहाँका महिलाले तरकारी व्यवसायलाई साथमै अगाडि बढाएर आत्मनिर्भर बन्दै गएका छन् ।

सोमबार, जेठ २१, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.